म्याग्दीको बेनी नगरपालिका ६ जामुनाखर्कका जंगबहादुर बिक गत १२ गते देखि सम्पर्क बिहीन बनेका छन् । घरबाट पर्वत बरफाँटमा रहेको चर्चमा पुग्ने भनेर निस्किएका बिक चर्चसम्म पनि नपुगेको र घरमा पनि नआएको छोरा रामबहादुर बिकले बताउनु भयो ।
१२ गते अन्दाजी दिउँसो ११÷१२ गते तिर बगरफाँट स्थित चर्चमा जान्छु भनेर निस्कीनु भएको हो । तर चर्चमा पनि पुग्नु भएको छैन रे घरमा पनि आउँनु भएको छैन । आफन्तकोमा पनि कहि कतै गएको खबर प्राप्त भएको छैन । यदि कसैले ८३ बर्षीय , गहुगोरो बर्ण, कालो कोट, ढाका टोपी र सेतो चस्मा लगाएको अवस्थामा रहेका कोही वेवारीसे ब्यतmी देख्नु भयो भने ९८६६३४२३६० र ९८१५११५१५६ मा सम्पर्क गरीदिन समिते परिवारले आग्रह गरेको छ ।
सम्पर्क बिहीन रहेको बिकको घरमा ७८ बर्षीय एक श्रीमती समेत रहेकी छिन् ।

Leave a Reply