आज देशभरका विभिन्न नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्नसक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने तथा नारायणी र यसका सहायक नदीहरुको बहाव पनि सामान्य बढ्नसक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बिहान सात बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा आज प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ को ताप्लेजुङ र संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा र महोत्तरी, लुम्बिनी प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा बाढीको मध्यम जोखिम छ ।

गण्डकी प्रदेशको लम्जुङ, बाग्लुङ र पर्वत, लुम्बिनी प्रदेशको प्युठान, गुल्मी, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डोटी र डडेलधुरा पनि आगामी २४ घण्टासम्म बाढीको मध्यम जोखिममा रहेको पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply