माओवादी केन्द्रले कारवाही गरेका ४ पूर्व मन्त्रीहरुको मुद्दा ‘हेर्न नभ्याइने’ मा

0
17
नेकपा माओवादी केन्द्रबाट पदमुक्त ४ जना प्रतिनिधिसभा र १ जना प्रदेशसभा सदस्यले पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा दिएको रिट आज बिहीवार हेर्न नभ्याइनेमा परेकाे छ ।

न्यायाधीश दिपककुमार कार्कीको इजलाशमा परेको रिट हेर्न नभ्याइने सूचना सर्वाेच्चले दिएको छ । आफूहरूले नेकपा माओवादी केन्द्र परित्याग नगरेकाले सांसद पद पुनर्बहालीको माग गर्दै पाँचै जनाले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

पदमुक्त प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र पदमुक्त प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सर्वाेच्चमा रिट दायर गरेका थिए । यसअघि नेकपा एमालेतिर लागेको भन्दै माओवादी केन्द्रको सिफारिसमा संसद सचिवालयले सांसदहरूलाई पदमुक्त गरेको थियो ।

पूर्व सांसदहरूले निर्वाचन आयोग, संसद सचिवालय र माओवादी केन्द्र पार्टीलाई विपक्षी बनाएका छन् ।

Leave a Reply