शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद गिरिले यो सरकार असफल भएमा सरकारको नेतृत्व गरिरहेका शेरबहादुर देउवामात्र असफल नहुने बरु संविधान र व्यवस्था नै असफल हुने बताएका हुन् ।
सत्तारुढ गठबन्धनमा रहेका सबै दल र नेताले संविधान र व्यवस्था जोगाउन ध्यान दिनुपर्ने बताए । धेरै प्रयासबाट संसद् जोगिएको बताउँदै सांसद गिरिले भने, “यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, संविधान असफल हुन्छ, यो व्यवस्था असफल हुन्छ। ”