गण्डकीका पर्यटनमन्त्री कँडेलको प्रधानमन्त्री देउवासंग भेट पर्यटन व्यसायीलाई खोपको ब्यवस्था गर्न माग

0
71

गण्डकी प्रदेशका पर्यटन, उधोग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रधानमन्त्री शेरवहादुर देउवालाई शुक्रवार बालुवाटारमा भेट गरेका छन् । भेटमा मन्त्री कँडेलले गण्डकी प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै कोभिडविरुद्धको खोपको ब्यवस्थापन गर्न माग गरे ।
‘सुस्ताएको पर्यटन व्यवसायलाई उचो बनाउन प्रदेशभित्रका पर्यटन र होटल व्यवसायीलाई तुरुन्त खोपको ब्यवस्थापन गर्न प्रधानमन्त्रीसंग माग गर्नुभयो’, भेटमा सहभागी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले भने, ‘मन्त्री ज्यूले होटल तथा पर्यटन व्यवसायी र श्रमिकको सुरक्षाका लागि खोपको आवश्यकता औल्याउनुभयो ।’
मन्त्री कँडेलले पोखरा शहरलाई कोभिडविरुद्धको खोपयुक्त शहर बनाउन प्रदेश सरकार लागिपरेकाले नेपाल सरकारको सहयोग आवश्यकता रहेकोमा जोड दिए ।
प्रधानमन्त्री देउवाले आजै सिसिएमसीको वैठक राखी होटल तथा पर्यटन ब्यवसायी र त्यहाँ कार्यरत कर्मचारी र कामदारलाई खोपको व्यवस्था गरिने आश्वसान दिए । मन्त्री कँडेलले आफुले कार्यभार सम्हाल्दै भदौभित्रमा प्रदेशभित्रका सवै पर्यटन व्यवसायीलाई खोपको व्यवस्था गरिने घोषणा गरेका थिए ।
मन्त्री कँडेलले शुक्रवारै गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्र वहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसंग भेट गरे ।

Leave a Reply