दार्चुला घटनामा स्थानीय प्रशासन भन्छ- ‘तुइन आफैँ चुँडिएको हो’

0
191

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया दिएकाे छ ।

गृहमन्त्रालयलाई स्थानीय प्रशासनले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको र तुइन आफैँ चुँडिएकाे हुनसक्ने  प्रतिक्रिया दिएको हाे ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए ।

उक्त खबर प्राप्त  भएलगत्तै गृहमन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको थियो ।

घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको भनाइअनुसार भारतीय एसएसबीसमेतलाई के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply