एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा मिम पूर्जा विजयी

0
119

गैर आवासीय नेपाली संघ नेदरल्याण्डको अध्यक्षमा मिम पूर्जा निर्वाचित भएका छन् । सहमतिमा नै नयाँ कार्यसमिति चयन गर्ने संघको प्रयास असफल भएपछि शनिबार निर्वाचन सम्पन्न भएको हो । संघका ५०५ पन्जिकृत सदस्यहरुमध्ये ४६१ जनाले मतदन गरेका थिए ।

संघले विभिन्न कारण देखाउँदै निर्धारित समय ११ जुलाईमा अधिबेशन गराउन नसकेपछि १५ जुलाई, १८ जुलाई र २४ जुलाई गर्दै ३१ जुलाईका दिन सम्पन्न गरेको हो । संघको अध्यक्षमा निर्वाचित पूर्जाले ५०५ पन्जिकृत सदस्यहरुलाई धन्यवाद दिएका छन् ।

त्यस्तै, संघको बरिष्ठ उपाध्यक्षमा बिस्णु प्रसाद पोखरेल, उपाध्यक्षमा अमिर गुरुङ र खेम लाल सापकोटा तथा महिला उपाध्यक्षमा सीता सापकोटा निर्वाचित भएका छन् । यस्तै महासचिवमा सीता कुमारी क्षेत्री, सचिवमा पेमा लामा, कोषाध्यक्षमा सुशीला बानिया र सह कोषाध्यक्षमा रेखा घिमिरे निर्वाचित भएका छन् ।

त्यस्तै, संघको युवा संयोजकमा निरज गुरुङ र साउथ होल्यान्ड संयोजकमा सञ्जय श्रेष्ठ निर्वाचित भएका छन् । यता संघको सदस्यहरुमा बिबेक बस्तोला, बालकृष्ण थापा, दिनेश अर्याल, ज्ञानेद्र आले, राम प्रसाद रेग्मी, आईसीसी (टिकाराम सापकोटा) सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको निर्वाचन लोकतान्त्रिक स्वस्थ र धाँधलीरहित शान्त, अनुशासित वातावरणमा सम्पन्न भएको निर्वाचन संयोजक फडिण्द्र पन्तले बताए ।

Leave a Reply