नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ।

विद्यालय तथा विश्वविद्यालयहरूले करिब ३ महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका आएका छन्। नेविसंघले परीक्षाअगाडि नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

कक्षा १२ मा करिब चार लाख विद्यार्थीले परीक्षा दिन लागेको र परीक्षा केन्द्र पनि पर्याप्त नभएकोमा सोको व्यवस्थापन मिलाउन सम्बन्धित पक्षसँग माग गरिएकाे नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरू हुँदैछ। यस्तै कोरोना संक्रमित भई परीक्षामा सामेल हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाउन पनि नेविसंघले माग गरेको छ।

Leave a Reply