कालीगण्डकी नदीमा एक महिलाले हाम फालिन

0
612

कालीगण्डकी नदीमा बागलुङकी एक महिलाले हाम फालेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–९ तित्याङ बस्ने ईन्द्रबहादुर थापाको श्रीमति ५० वर्षीया टिका थापाले बागलुङ नगरपालिका–१ निर्यघाट स्थित कालीगण्डकी नदीमा हाम फालेको बताईएको छ ।

थापाको छोरी शर्मिला थापाले दिएको जानकारी अनुसार उनले सोमबार साँझ करिब ५ बँजेको समयमा हाम फालेको बताईएको छ । थापा मानसिक सम्बन्धी औषधी सेवन गर्ने व्यक्ति रहेको बताईएको छ ।

उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ । नदीको किनारबाट प्रहरीले एक जोर चप्पल भेट्याएको छ ।

Leave a Reply