योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६९ हजार ९२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५३५ जना कोरोनामुक्त भए, ३५ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार २९८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ८१ हजार २९५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ३५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।