आज विश्व एड्स दिवस

0
178

१६ मंसिर, काठमाण्डौ । आज डिसेम्बर एक अर्थात बिसौं विश्व एड्स दिबस, एड्सविरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

नेपालमा पनि आज विहानैदेखि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व एड्स दिबस मनाइदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ६९ हजार ७ सय ९० एचआइभी एड्स संक्रमितहरु रहेका छन् । बिश्वमा भने हाल तीन करोड तीन लाख एचआइभी संक्रमित रहेको बताइएको छ ।

दिबसका अबसरमा प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छुट्टाछुट्टै सन्देश जारी गरी एड्स संक्रमणबाट बच्ने उपाय अबलम्वन गर्न र संक्रमित भइसकेकोको जीवन रक्षाका लागि पहल गर्न अपिल गर्नुभएको छ ।