एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै भूमि सरकारले खरिद गर्नुपर्ने र आफ्नो स्वामित्वमा लिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय सभाको आइतबारको बैठकमा आयोग बनाएर सुकुम्बासी समस्या समाधान गर्न नसकिने भन्दै नयाँ प्रस्ताव सुझाएका हुन् ।                          ‘सरकारले सबै जमिन चलनचल्तीको मूल्यमा किनेर आफ्नो बनाओस्,’ उनले भने। जमिनमा सरकारको अधिकार हुने गरेको र त्यस कारणले नै अधिग्रहण गर्न सक्ने भएपनि जमिन व्यक्तिको सम्पत्ति भएको हुनाले अब विकल्प दिनुपर्ने उनको भनाइ थियो। ‘रगत पसिना बगाएर कमाएको पैसाबाट लिएको जमिन छ। त्यसलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्ने र त्यसलाई लिजमाा लिने हो। कहाँनेर कसरी सदुपयोग गर्ने हो भन्ने ठाउँमा नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न सक्दैनौं। भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं,’ उनले भने।यसरी भूमि सुधारको कार्यक्रम लागू गर्न सकिने पनि गौतमको भनाइ थियो। Ekantipur.com

Leave a Reply