बेनीको उज्यालो वैकल्पिक विद्यालयमा आइतबार निकै चहलपहल थियो । पाका उमेरका महिलाहरु एक अर्कामा वधाइ साटासाट गरी रहनु भएको थियो ।
एसईईको परीषाफल हेरेर खुशी हुनेमा हजुर आमा उमेरकी ६० वर्षीय भुलमाया तिलिजा पनि हुनुहुन्थयो । झट्ट हेर्दा छोराछोरी वा नातिनातिनाले एसईई पास गरेर यो खुशीयालीको महोल बने जस्तो देखिए पनि वास्तविकता त्यस्तौ थिएन । यहाँ उपस्थित आमाहरु २०७७ को एसईई परीक्षामा सहभागि भई उत्तिर्ण भएपछि खुसी हुनु भएको हो । पाको उमेरका महिलाले अध्ययन गर्ने सो विद्यालयबाट एसइई परीक्षामा पहिलोपटक नौ जना सहभागी हुनु भएको थियो । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मुहारमा खुसी छाएको छ । परिवार, आफन्त, इष्टमित्र र छरछिमेकीले दिएको बधाई तथा शुभकामनाले उनीहरुमा हौसला मिलेको छ ।
बाल्यकालमा पढ्ने अवसर मिलेन बुढेसकालमा भए पनि एसईई पास गर्दा खुसी लागेको ६० वर्षीय भुलमाया तिलिजाले बताउनुभयो । गाउँघरमा दाउरा घाँस गर्दै जीवन वित्यो तिलिजाले भन्नुभयो ‘पढ्ने रहर भए पनि त्यसबेला पढ्न पाइँन । बल्ल पढाईको महत्व बुझियो ।’
बेनीमा बसोबास गर्ने तिलिजा सात वर्ष पहिला कक्षा ३ मा भर्ना हुनुभएको थियो । तिलिजा नियमित विद्यालय आउने र पढाईमा निकै रुची देखाउनुहुन्थ्यो । बुढेसकालमा भए पनि शिक्षाको महत्व बुिझयो र पढ्न थालियो तिलिजाले भन्नुभयो ‘एसइई पास गर्ने सपना थियो त्यो आज पूरा भएको छ ।’ ‘समयमा नपढ्दा धेरै ठाउँमा ठक्कर खाएकी छु । अब त म पनि एसइई पास, खुसी हुँदै तिलिजाले भन्नुभयो ‘नपढेको भनेर अब कस्ले हेप्छ ?’ तिलिजा विद्यालयमा सवै भन्दा पाको विद्यार्थी हुनु्हुन्छ । उहाँले २.४५ जीपीए प्राप्त गर्नुभएको छ ।आइतबार साँझ विद्यालय परिवारले एसइई पास गर्ने नौजनालाई सम्मान गरेको छ ।
५५ वर्षीय लालकुमारी सापकोटाले पनि २.५५ जि.पि.ए लिएर एसइई पास गर्नभएको छ । पहिला पढाईको महत्व बुझिएन सापकोटाले भन्नुभयो ‘छोरीलाई पढाउनुपर्दछ भन्ने समाज थिएन । बुढेसकालमा आएर पढाईको महत्व बुझेर पढ्न थालियो अहिले एसईई पास हुँदा परिवारमा खुसी छाएको छ ।’ ‘मैले एसइई पास गर्दा छोराछोरीहरु पनि खुसी ले फुरुङ भएका छन’, उहाँले भन्नुभयो ।
सानै उमेरमा विवाह भयो पढ्ने अवसर पाइएन सलिना नेपालीले भन्नुभयो ‘उज्यालो विद्यालयले हामी जस्ता विचैमा पढाई छाडेकालाई शिक्षाको ज्योति दिएको छ ।’ उहाँ ७ कक्षामा भर्ना भएर नियमित पढ्नुभयो । एसइई पास गरिन्छ भन्ने लागेको थिएन किसानले भन्नुभयो ‘अव ११ कक्षामा पनि भर्ना भएर नियमित पढ्छु ।’
पढाई जस्तो ठूलो कुरा केही रहेनछ, त्यसैले बुढेसकालमा भए पनि विद्यालय आएर नियमित पढ्ेँ र एसइई पास भए’, ५५ वर्षीय लालकुमारी सापकोटाले भन्नुभयो । सापकोटाले २.५५ जि.पि.ए प्राप्त गर्नुभएको छ । ‘सुरु सुरुमा त पढ्न कठिन भयो,नियमित विद्यालय आउन थालेपछि बानी प¥यो,’सापकोटाले भन्नुभयो । ‘‘उमेर ढल्किदै गएकोले सिक्न कठिन भएपनि शिक्षिकाले झर्को नमानी पढाउनु भएकोले सहज भयो,’’ सापकोटाले भन्नुभयो । आमाहरुले अल्छि नगरी परिश्रम गरेर पढाईलाई निरन्तरता दिएकाले सफलता मिलेको शिक्षिका गंगादेवी शर्माले बताउनुभयो ।

यसैगरी ४८ वर्षकी भुलकुमारी रोकाले २.६०, ३६ वर्षकी तिर्सना भण्डारीले २.६०, २४ वर्षकी ललिता तिलिजा २.४५, २८ वर्षीय पुष्पा शाही २.४०, ३५ वर्षकी सविना नेपाल २.५० र ३० वर्षकी रेणु विकले २.४० जि.पि.ए ल्याएर एसइई उत्तिर्ण हुनुभएको विद्यालय व्यवस्थापन समितिका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।
एसइई पास गरेका नौ जना आमाहरुलाई एक कार्यक्रम गरेर विद्यालयले सम्मान ग¥यो । कार्यक्रममा गण्डकी प्रदेशको पूर्व मन्त्री नरदेवी पुनले आमाहरुलाई अविर र खादा लगाएर सम्मान गर्दै आगमी दिनमा पढाईलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

Leave a Reply