तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बि.स.२०७३ मङसिर २१ गते ५० शैया क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु. २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रबिन जोशीले लिएको थियो । बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर भवन निमार्ण सम्झतौको मिति सकिने बेला सम्म आधा अर्थात ५० प्रतिशत काम पनि भएको थिएन ।

भवन निमार्णका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउदै २०७७ जेठ २० गते एक बर्षका लागि म्याद थप गरिएको थियो । तर गत जेठमा पनी थप गरिएको म्याद सकिएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर बिरबल सुनारका अनुसार हाल सम्म जम्मा ५छ प्रतिशत मात्र भौतिक निमार्णका कार्य सकिएको छ । उनका अनुसार अहिले सम्म ठेकेदार कम्पनीले ९ करोडको हारहारीमा भुक्तानी समेत लगिसकेका छ । ‘गएको आर्थीक बर्र्षमा पनि २ करोड जतीको बिलका अनुसारको भुक्तानी माग गरेका थिए, सर्वोच्च अदालतले २ कारोडका बिल बाकी राखेर भुक्तानी गर्ने आदेश दिएकाले भुक्तानी दिएका छैनौँ’ सुनारले भने, अहिले पनी कोरोनाका कारण देखाउदै म्याद थपको लागि पत्र आएको छ । पहिलो चरणमा पनी सचिव स्तरीय निर्णबाट एक बर्ष थप गरिएको थियो ।

चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको हालसम्म विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिवद्धता अनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसुचिमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले कार्यालय पत्र समते काटेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण मार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मंसिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीन वटै निर्माण ब्यवसायीको बिवादले काम अघि बढ्ने आधार देखिएको छैन् । इन्जिनियर सुनारले भने, साझेदारी गरेका तीन वटा निर्माण कम्पनीको लेनदेन बिवाद अदालत पुगेको थियो ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निमार्ण कार्य सक्नका लागि अहिले सम्म विभिन्न समयमा १० वटा पत्र समेत काटेको छ । तर ठेकेदार कम्पनीले सुनो नसुनो गरेको देखिएको छ । निमार्ण व्यबसायी महासं३का अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसकिदा अस्पतालमा सञ्चालन गर्न सकिने उपचार समेत गर्न नसकीएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले बताए । ‘५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौ’ उनले भने, ‘पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।, पछिल्लो एक वर्षयता भवन निर्माणको काम सुस्त बनेको छ ।’ कटुवालका अनुसार तिन महिना यता निमार्ण कार्य भने शुन्य छ । दुई चार जना कामदार रहेपनी उनीहरुले पनि अहिले सम्म गरेको कामको भुक्तानी समेत नपाएको गुनासो गरेका छन् । अहिले सम्म निमार्ण व्यवसायीहरु सम्पर्कमा आएका छैनन् ।

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

१५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन कक्ष बनाउन प्रस्ताव गरिएको छ । दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना आर्थिक वर्ष २०७७÷७८ मा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको थियो । बेनी अस्पतालको भवन निमार्णको जिम्मा लिएको निमार्ण कम्पनीले बाग्लुङको भकुण्डे स्वास्थ्य चौकीको काम पनी अलपत्र पारेर छोडेका कारण सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले कारबाहीको लागि प्रक्रिया अघि बढाएको बताएको छ ।

Leave a Reply