बागलुङ : बहुप्रतिभाशाली कलाकार प्रकाश सपुतको तीज गित ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छोटो समयमै मनग्य दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

सार्वजनिक भएको २४ घण्टामै मिलियन भूज सहित युट्युव ट्रेन्डिङमा शिर्ष स्थान ओगटेको उक्त गितले तीन दिनको अवधीमा साढे दुई मिलियन भ्युज पाएको छ । गत शुक्रबार साँझ प्रकास सपुत युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गितले आम युवतीहरुको चाहाना र भावनालाई व्यक्त गरेको छ ।

यौवन अवस्थामा पुगेका नारीहरुको जीवनमा आफुले गर्न चाहेको कुरालाई लयात्मक रुपमा अभिव्यक्त गरिएको छ । आफ्नो जीवनमा श्रीमान बनेर आउने केटा महिला पुरुषमा विभेद नगर्ने कुरा बुझ्ने होस् भन्ने भावना गितमा व्यक्त गरिएको छ ।

गित युट्युवको नम्बर १ ट्रेन्डिङमा पुगेपछि सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गित मार्फत आफुले उठाउन खोजेको कुरालाई दर्शकले राम्रोसंग आत्मसात गरिदिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

गितमा महिला पुरुष बीचको भिन्नता मात्रै होईन जातिय विभेदको विषयलाई जोडिएको छ । गितका प्रमुख पात्रहरु फुलमाया विश्वकर्मा र मनमाया क्षेत्रीबीचको दोस्ती र उनीहरुले देखेको आत्मनिर्भरको सपनालाई सफलताका साथ प्रस्तुत गरिएको छ । कलाकार प्रकाश सपुतको शब्द संगित रहेको उक्त गितमा शान्ति श्री परियार र समीक्षा अधिकारीले स्वर भरेका छन् ।

गितका भिडीयो आफुले उठाएको विषयवस्तुलाई पूर्णता दिने र सिंगो चलचित्रमा ढाल्न सिपालु सपुतले गितको भिडीयो निर्देशन गरेका छन् ।

गितको भिडीयोमा अहिलेका दुई सफल चलचित्रका नायिकाहरु स्वस्तीमा खड्का र आँचल शर्मालाई मुख्य रुपमा फिचरिङ गरिएको छ । भिडीयोमा कलाकारहरु लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय देख्न सकिन्छ । एकपछि अर्को गर्दै सफल गितहरु सार्वजनिक गर्दै आएको सपुत बागलुङको काठेखोला गाउँपालिका—३ धम्जाका हुन् ।

उनले सार्वजनिक गरेका गित ‘गलबन्दी’ उनको अहिलेसम्मकै सबैभन्दा चर्चित गित हो । त्यसको अलावा बोलमाया, दोहोरी ब्याटल, फुटेका चुरा, यो देश मेरो पनि होईन र लगायतका गित निकै चर्चित छन् ।

उनले गतवर्ष तिजको अवसरमा सार्वजनिक गरेको बदला बरीलैले पनि निकै चर्चा पाएको थियो । सुपतको अहिले सार्वजनिक भएको ‘कुरा बुझ्न पर्च’ गितलाई सोमबार साँझ सात बजेसम्म २५ लाख ८० हजार भन्दा बढि पटक युट्युबमा हेरिएको छ ।

साढे ६ हजार भन्दा बढिले गितको बारेमा कमेन्ट गरेका छन् । सबैजसो कमेन्टमा प्रकाश सपुत र उनको कामको तारिफ गरिएको छ ।

Leave a Reply