नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण मंगलबार बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा पनि भइरहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। यस्तै दिउँसो जस्तै प्रदेश १ र बाग्मती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना छ।

Leave a Reply