खोटाङमा धागो टाँसिएको डाइजेस्टिभ बिस्कुट भेटिएको छ । दिक्तेल बजारमा बच्चालाई खुवाउनका लागि किनिएको क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड दुहवी सुनसरीले उत्पादन गरेको बिस्कुटमा बाेरा सिलाउन प्रयाेग हुने धागो टाँसिएको भेटिएको हो।

बिस्कुट उत्पादक कम्पनीले ‘उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागि स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको बिस्कुट’ भनेर प्रचार गरे पनि भित्र लापरबाही गरेको उपभोक्ताले बताएका छन् ।

प्रतिवटा १५ रुपैयाँ पर्ने डाइजेस्टिभ बिस्कुटमा फाइवर, प्रोटिन र भिटामिन ‘बी’ पाइने उल्लेख छ । बिस्कुट उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उपभोक्ताको भनाइ छ ।

साउन १८ गतेका दिन पत्रकार भीम राईले पनि पानामा प्लाष्टिक टाँसिएको डाइजेस्टिभ बिस्कुट फेला पार्नु भएकाे थियाे । ‘बिस्कुटभित्र पानामा प्लास्टिक मिसिएको छ,’ बिस्कुटको तस्बिर सार्वजनिक गर्दै पत्रकार राईले फेसबुकमा लेख्नु भएकाे छ, ‘पाँचौँ पटक यस्तो भेटिएको छ । अरु ठाउँ पनि कति होलान् ?’

Leave a Reply