गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२८ महिला र ३५२ जना पुरुष रहेका छन् ।

प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनका अनुसार कास्की १९७, बागलुङ ८४, स्याङ्जा ६८, मुस्ताङ १,म्याग्दी १०, पर्वत ८८,गोरखा १२१, लमजुङ २३ तनहुँमा ३८ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ हजार ८६१ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२८ का ७९ वर्षीय पुरुष, स्याङजा वालिङ–७ की ७२ वर्षीय महिला, वालिङ–९ की ३५ वर्षीय महिला, बागलुङ जैमिनी–३ की ५५ वर्षीय महिला, तनहुँ ब्यास नगरपालिका–१४ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १५४ जना पुगेको छ । Ratopati

Leave a Reply