नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार (आज) गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने बताउनुभएको हो ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिको बढीमा १२ करोड रुपैयाँ हुनेछ ।

एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने छैन । विभिन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाइने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै सरकारले सबै स्थानीय तहमा कृषि, लघु तथा घरेलु उद्योग स्थापना र भएकाहरुलाई पनि सहज बनाउन कर्जाका लागि डेस्कको व्यवस्था गर्ने जनाएको छ ।

Leave a Reply