बागलुङमा बिहिबारदेखि कडा पारिएको निषेधाज्ञा उल्लंघन गरि बिना काम सडकमा हिड्डुल गर्नेलाई आधा घण्टा सडकमा होल्ड गरि छोडिएको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले निषेधाज्ञा उल्लंघन गरि बजारमा हिड्डुल गरेका करिव १ सय जना भन्दा बढीलाई लोकतान्त्रिक चोक, बाङ्गेचौर, उपल्लाचौर लगायतका स्थानमा आधा घण्टा राखि पहिलो पटक सम्झाई बुझाइ छोडिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।

बिना काम, बिना मास्क हिँडेका उनीहरुलाई अबदेखि बिना काम हिड्डुल नगर्ने र अत्यावश्यक कामले हिड्नुपरेमा स्वास्थ्य मापदण्डको पालना गर्ने शर्तमा छोडिएको प्रनि पौडेलले बताउनुभयो ।

बागलुङमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भदौ ५ गतेसम्म जिल्लाभर निषेधाज्ञा गरिएको छ ।

Leave a Reply