Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

नेपाल बैंकको लोभ लाग्दो प्रगतिः सबै सूचकमा अब्बल बन्दै, २७.६३ लाभांश क्षमता

कुनै समय संकटमा परेको नेपाल बैंकले अहिले भने लोभलाग्दो प्रगतिको बाटो समात्न थालेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड रुपैँया नाफा कमाउन सफल भएको छ । बैंकको त्यस्तो नाफा आव २०७६।७७ मा जम्मा २ अर्ब ३२ करोड रुपैँया मात्रै थियो । गत आवमा बैंकले आफ्नो नाफा ७४ करोड अर्थात ३१.८९ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।नेपाल बैंकको वितरण योग्य नाफा नै ३ अर्ब ४९ करोड रुपैँया रहेको छ । १२ अर्ब ६३ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले २७.६३ प्रतिशत लाभांश दिन सक्छ । बैंकले गत आर्थिक वर्षमा ४२ करोड रुपैँया भने सेयर किनबेचबाट प्राप्त गरेको देखिन्छ ।

नेपाल बैंकको जगेडा कोषमा १५ अर्ब १४ करोड रुपैँया छ । एक खर्ब ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले एक खर्ब ३४ अर्ब कर्जा लगानी गरेर ६ अर्ब ४६ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा त्यस्तो ब्याज आम्दानी जम्मा ५ अर्ब ६१ करोड रुपैँया थियो ।

नेपाल बैंकको प्रति सेयर आम्दानी २४.२६ रुपैँया छ भने प्रति सेयर नेटवर्थ २६३.१९ रुपैँया छ । बैंकको स्प्रेड दर ४.३४ प्रतिशत र कस्ट अफ फण्ड ३.५६ प्रतिशत छ ।

 

Exit mobile version