नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पढियो । परम्परा जोगाउँदै केही आंशिक विषयवस्तुको उठान भएको छ । माओवादी पार्टी जुन ठाउँमा पुगेर यो बैठक बस्दैछ, यहाँ धेरै विषयमा बहसहरू हुन जरूरी छ । कार्यकर्ता र जनतालाई वैचारिक र कार्यक्रमिक हिसाबले स्पष्ट पार्न जरूरी छ । त्यसैले प्रस्तुत प्रस्तावमा सुझावस्वरूप केही विषय राख्ने प्रयास गरेको छु ।

जनयुद्धलाई संविधान निर्माणको नयाँ संघर्षमा रूपान्तरणसँगै हाम्रा कार्यशैली कति आवश्यकताले, कति विसंगतिले परिवर्तन हुँदै गए । हामी नेता कार्यकर्तामा जनयुद्ध कै स्तरको कार्यशैली हुनु पर्दथ्यो । तब मात्रै नयाँ मोर्चाको पनि नेतृत्व गर्न सकिन्थ्यो भन्ने कदापि होइन । तर आवश्यकताले हुनैपर्ने रुपान्तरण बाहेक नेतादेखि कार्यकर्तासम्मको जीवन व्यवहार जनतालाई पाच्य हुने स्तरका भएनन् । खानपिन, बसउठ लगायतका धेरै प्रसंग जनआलोचित बन्न पुगे ।

Leave a Reply