स्तन क्यान्सर रोगीलाई मोना रोमानियाले गर्‍यो नगद सहयोग

0
115

“जहाँ सङ्गठन त्यहाँ समाधान” भन्ने मूल नाराका साथ युरोपियन देश रोमानियामा स्थापना गरिएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) रोमनियाले गृह जिल्ला म्याग्दी कि एक बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ l रघु गङ्गा गाउँपालिका वडा न १ वेग कि एक स्तन क्यान्सर रोग बाट ग्रसित ओम माया गर्बुजाको उपचारका लागि १ लाख ७ हजार ५ सय ९७ रुपैयाँ सहयोग गरेको हो l

लामो समय देखि मणिपाल अस्पतालमा उपचार गराई रहेकी बिरामी खर्बुजाको उपचारमा आर्थिक अभाव देखिए पछि मोना रोमनियाले अभियान सञ्चालन गरी सङ्कलन गरेको रकम पीडितलाई पठाइएको मोना रोमानियाका वरिष्ठ उपाध्यक्ष डेनिस थापाले मध्यान्ह लाई जानकारी दिए l मोना रोमानिया गत वैशाखको तेस्रो साता स्थापना गरिएको थियो l यस अघि पनि जिल्लामा कोरोना महामारी विरुद्धको लडाइमा विभिन्न स्वास्थ्य सामाग्री सहित अक्सिजन कन्सन्टेटर समेत सहयोग गरेको थियो l

Leave a Reply