अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

0
170

यस्तै, २० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकका प्रत्येक शाखाले उक्त कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्न राष्ट्र बंैकले बैंकहरूलाई निर्देशन दिएको छ । यसैगरी ब्याजलाई ब्याजदर अन्तर गणना गर्दा छुट दिने राष्ट्र बैंंकले जनाएको छ । source: barakhar.com

Leave a Reply