स्वास्थ्य मापदण्ड अपनाएर ट्रायल लिन विभागलाई सीसीएमसीको निर्देशन

0

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड अपनाएर सवारीको ट्रायल परीक्षा लिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

कोभिड–१९ संक्रमण कायमै रहेकाले यसबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा र ट्रायल सञ्चालन गर्न सीसीएमसीले विभागलाई यस्तो निर्देशन दिएको हो । परीक्षार्थीहरूको ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल सञ्चालन गर्न सीसीएमसीले विभागलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गराउँदै चालकहरूलाई  लिखित परीक्षा र ट्रायल लिन अनुमति दिइएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताए ।परीक्षाका लागि आवेदन फर्म यसैसातादेखि खुल्ने जनाइएको छ ।

Leave a Reply