म्याग्दी १६ मंसिर । दुई दर्जन भन्दा बढी गाविसका बासीन्दाहरुमाझ
व्यावसायीक टिमुरखेती लोकपि्रय बन्न थालेपछि म्याग्दी जिल्लाबाट बार्षिक
रु ५० लाख भन्दा बढीको टिमुर निर्यात हुन थालेको छ ।

समुन्द्रि सतहदेखि १ हजार ४ सय मिटरबाट २ हजार ४ सय मिटरको उचाईमा
फस्टाउने टिमुर खेतीबाट म्याग्दीको घतान पातलेखेत कुँहु पुलाचौर दाना
नारच्याङ ताकम लगायत गाविसका बासिन्दाहरुले बार्षिक रु। ५० लाख भन्दा बढी
आम्दानी गर्न थालेको मध्य म्याग्दी टिमुर उत्पादक समुहले जनाएको छ ।
समुहका अध्यक्ष नारायण बानियाले दिएको जानकारी अनुसार म्याग्दीमा उत्पादीत
टिमुर नेपाल भित्रका बजारमा मात्र नभएर चिन भारत जापान प्रुान्स बेतायत
अमेरीका लगायत देशमा समेत निर्यात हुन थालेको हो ।

टिमुरको रुखमा काँडा हुने भएकाले बार वन्देजको रुपमा यसलाई रोपिएको
पाईन्छ तर टिमुरको माग दिन दिनै बजारमा बढ्दै गएपछि यहाँका किसानहरुलाई
अहिले ूढुङ्गा खोज्दा देवता भेटियो ू भनेझै भएको घतानका कृषक गंगाबहादुर
बानियाले बताउनुभयो । टिमुर सेवन गरेमा वाथ रोग निको हुने विश्वास रहेको छ

प्रति किलो टिमुरलाई गाउँबाटै रु।२ हजार रुपैया देखी रु।२ हजार ५ सय
सम्म मा विक्री हुने गरेको कृषकहरुले बताएका छन् । यो क्षेत्रमा बार्षिक
२५ क्विन्टल भन्दा बढी टिमुर उत्पादन हुने गरेपनि २० क्विन्टलको अनुपातमा
मात्र निर्यात हुने गरेको छ ।

टुमुर खेतीबाट मात्र बार्षिक १ देखि २ लाख रुपैया सम्म आम्दानी गर्ने गरेको अर्का किसान दुर्गाबहादुर दर्जि बताउनुहुन्छ ।

सन्तोष गौतम

विज्ञापन