मलेसियाबाट आज एकैदिन ल्याइयो ६ शवसहित १५ जनाको अस्तु

0

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेपछि विभिन्न कारणले मृत्यु भएका ६ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । तीे शवसँगै १५ जनाको अस्तु पनि ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

नेपाल र मलेसियास्थित जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एकजनाको शव २० वर्षअघि मलेसिया गई अहिलेसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । उनको परिवारका एक सदस्यले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।

कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्‍याउने गर्दै आएको छ ।

Leave a Reply