भरतमणि बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

0

कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् ।फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि हात पारेका हुन् । ताप्लेजुङका भरतमणिले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन्।

विक्की फस्ट रनर-अप बनेका छन् । विक्कीले ‘टिभिएस अपाचे’ बाइक पुरस्कार पाए । सिक्किमबाट कमेडी च्याम्पियनमा भाग लिन विक्की काठमाडाैं आएका थिए । तेस्राे बनेका गोरखाका सन्तोष थापाले टिभिएस स्कुटर पुरस्कार पाए ।

 

Leave a Reply