दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

0

दसैंका लागि आज (सोमबार) देखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ।

कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिइलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका साथै अन्य बैंकले पनि आफ्ना ग्राहकलाई नयाँ नोट सटहीको व्यवस्था गरेका छन्।  प्रधान कार्यालय वा अन्य तोकिएका शाखाबाट नयाँ नोट लिन सकिने बैंकहरूले जनाएका छन्।  ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट साट्ने व्यवस्था गरिएको जनाएको छ। बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिइनेछ।

Leave a Reply