एमालेमा केन्द्रीय सदस्यहरूले निजी विद्यालय र अस्पताल खोल्न नपाउने प्रस्ताव !

0

नेकपा एमालेमा पार्टीका केन्द्रीय सदस्यहरूलाई निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने व्यवस्था लागू गर्न प्रस्ताव अघि सारिएको छ । उपमहासचिव घनश्याम भुसालले प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै कानुनीरुपमा वैधानिक भए पनि केन्द्रीय कमिटीका सदस्यहरूले निजी शिक्षा र स्वास्थ्यमा लगानी गर्दैनन् भन्ने व्यवस्था लागू गर्नुपर्ने बताएका हुन् ।                            आफ्नो दस्तावेजमा क्रान्तिकारी पार्टी निर्माणका शर्त अघि सार्दै भुसालले कसैको लगानी भैसकेको छ भने लगानी फिर्ता गर्न एक वर्षको समय दिनुपर्ने र यसलाई क्रमशः तल्ला कमिटीहरूमा पनि लैजानुपर्ने बताएका हुन् । Source ratopati.com

Leave a Reply