मोना कतारले जिल्लामा सञ्चालन गरेको वक्तृत्वकला प्रतियोगिताबाट उत्कृष्ट ५ छानिए

0

कतारमा रहेका म्याग्देलीहरुको साझा सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको तेस्रो चरणको नतिजा सार्वजनिक गरेको छ l “अवास्तविक (Virtual) पढाइ, यसकाजटिलता, प्रभावकारिता र समाधानको उपाय सहित स्थानीय सरकार सङ्ग तपाईँहरूको सुझाव सहितको अपेक्षा के के छन् ?”

शीर्षकको अन्तिम नतिजा प्रकाशन गर्दै तेस्रो चरणबाट उत्कृष्ट ५ जना अन्तिम चरणमा प्रवेश गरेको सङ्घले जनाएको छ l

तेस्रो चरणबाट छानिएका १० जना विद्यार्थी मध्यबाट पाँच जना प्रतिस्पर्धी छानिएको हो l उत्कृष्ट ५ मा वेस्ट पोइन्टबाट शिल्पीका जिसी र प्रज्वल मल्ल , प्रकाश मावि कि सिर्जना कटुवाल, जमुना खर्क माविबाट विनीता सुबेदी र बेनी सामुदायिक स्कुल कि सुमित्रा पौडेल रहेका छन् । चार चरणमा सम्पन्न गर्ने कार्य तालिका रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असोज २३ गते भौतिक रूपमा म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा हुने सङ्घले जनाएको छ ।

प्रतियोगिताबाट विद्यार्थीलाइ सकारात्मक ऊर्जा मिल्ने विश्वास मोना कतारले लिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा घनश्याम खड्का, रेखा कौसल रेग्मी, हरि प्रसाद सुबेदी , थम कुमार गिरि र विक्रम कार्की रहेका छन् । प्रतियोगिता ३ चरणसम्म भर्चुअल रुपमा आयोजना गरिएको थियो ।

अन्तिम चरणको नतिजा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको उद्घाटनको दिन कार्तिक ०२ गते कार्यक्रम स्थलबाट बिजयी घोषणा गर्दै सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यतालिका रहेको छ । प्रतियोगीताको भिडियोलाई मोना कतारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिरहेको छ l

Leave a Reply