दशै तिहार बिचमा वडास्तरीय बास्केटबल प्रतियोगिता हुने

0

म्याग्दीमा यही आउदो गरेको दशै तिहारको बिचमा वडा स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । आज बसेको जिल्ला बास्केटबल संघको दोस्रोे पूर्ण बैठकले बेनीमा दशै तिहारको बिचको समयमा वडा स्तरीय बास्केटबल प्रतियोतिा आयोजना गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष एकिन पुर्जाको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतियोगिता आयोजना गरेको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । जिल्लामा बास्केबलका खेलाडीहरु धेरै रहेपनि उपयुक्त स्थानको अभावले बाहिर आउन नसकेको उहाँको भनाई छ ।

जिल्ला भित्र रहेको बास्केटबल खेलाडीको पहिचान र प्रोत्साहनका लागि प्रतियोगिताले महत्वपूर्ण भुमीका खेल्ने पुर्जाको भनाई छ । बैठकले रिक्त रहेको दुई बैकल्पिक जिल्ला सदस्य पदको पनि पदपुर्ति गरेको छ । जसमा अन्नपूर्ण हिस्तानबाट राजकुमार सुनार र रघुगंगा दमिजा बाट राजकुमार शेरपुर्जालाई सदस्यमा मनोनित गरिएको छ ।

Leave a Reply