मोना बहराइनको अध्यक्षमा पुनः लोक राम्जाली मगर

0

मोना बहराइनको अध्यक्षमा पुनः लोक राम्जाली मगर
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना बहराइनको २०२१–२३ का लागि अध्यक्षमा पुन लोम राम्जाली मगर चयन हुनुभएको छ । नेपाली कल्व सभाहलमा सम्पन्न मोना बहराइनको १२ औँ महाधिवेशनबाट सर्पसम्मत रुपमा अध्यक्षमा मगर, बरिष्ठ उपाध्यक्षमा विकास पाइजा, उपाध्यक्षमा शुरेश गर्बुजा, गम शेरचन, महिला उपाध्यक्षमा बिष्णु रकाल, महासचिवमा दिनेश बस्नेत,कोषाध्यक्षमा मोहन बानियाँ, सचिबमा ज्ञान पुन, सह कोषाध्यक्षमा अर्जुन बराईली चयन हुनुभएको छ ।
त्यस्तै साँस्कृतिक सचिबमा रमेश के सी, खेलकुद सचिबमा बाल कुमार गर्बुजा, महिला संयोजकमा नरदेबी पुन रहुनभएको छ । भने सदस्यहरुमा जमानसिङ शाही, समबहादुर रसाइली, क्षमण बिश्वकर्मा, हिरा पाईजा, दिपक पुर्जा, नवराज शर्मा, दिल प्रसाद शेरपुन्जा, केशब बुढाथोकी र मनदेबी पुन चयन हुनुभएको छ ।
कार्यक्रममा नेपालीका अध्यक्ष कमल श्रेष्ठ र गैर आवसिय नेपाली संघ बहराइन बरिस्ठ उपाध्यक्ष अमर श्रेष्ठले विभिन्न शिलशिलामा आफ्नो जन्मभुनी छाडेर आएका नेपालीको हकहित र अधिकारका लागि काम गर्दै समस्यामा परेका नेपालीहरुको समस्यामा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा म्याग्देलीको बाख्लो उपस्थिती रहेको थियो ।

Leave a Reply