जन्मदिनको अबसरमा बिपन्न बिरामी र कैदिबन्दीलाई सहयोग

0

निर्माण ब्यबसायी संघ म्याग्दीका अध्यक्ष बेनपा ६ निबासी युवा ब्यबसायी नारायण जिसीले शुक्रबार बिपन्न बिरामी र कैदिबन्दीलाई सहयोग गर्दै आफ्नो जन्म दिन मनाउनु भएको छ ।
गंगा जिसी फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका जिसीले बिरामी र कैदिबन्दीलाई बिस, बिस हजारका दरले सहयोग प्रदान गर्नुभएको हो । मृगौला, पक्षघाट र मुटु सम्बन्धी रोगले ग्रसित धौलागिरी गाउँपालिका ४ मुदी हाल बेनी निबासी ३८ बर्षिय टेक बहादुर घर्तिलाई उपचारका लागि रु बिस हजार सहयोग गर्नुभएको हो ।
आर्थिक अबस्था कमजोर भएका घर्तिलाई उपचारमा सहयोग जुटाउन नेतृत्व गरिरहनु भएकी दिलु बिटालु र गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो । घर्तिको उपचारमा हाल सम्म पन्ध्र लाख रुपैयाँ खर्च भइसकेको छ । उपचारका क्रममा रु छ लाख सहयोग संकलन भएको घर्तिकी श्रीमति मनमाया घर्तिले बताउनुभयो ।
यसैगरि जिसीले दशैँ मनाउनका लागि आबश्यक सामाग्री खरिद गर्न कैदिबन्दीहरुलाई पनि रु बिस हजार सहयोग प्रदान गर्नु भएको छ । जेलर धिरेन्द्रराज पन्त र सुरुक्षाकर्मीहरुको रोहबरमा कैदी नाईके बसन्त रोकोलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । हाल म्याग्दी कारागारमा ९६ पुरुष र ३ महिला गरि ९९ जना कैदिबन्दीहरु रहेका छन ।
सहयोगी मन र परोपकारी भावना भएका जिसीले फजुल खर्च गरेर जन्मदिन मनाउने संस्कार गलत भएकोले सेवामूलक काम गरेर जन्मदिन मनाएको बताउनुभयो । बिपतमा परेकाहरुलाई सहयोग गर्नुनै सबै भन्दा ठुलो मानवीय धर्म भएको जिसीले बताउनुभयो ।
बहिनीको स्मृतिमा स्थापना गरिएको गंगा जिसी फाउन्डेसनको तर्फबाट जिसीले हरेक प्राकृतिक प्रकोप तथा बिपतमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ । २०७६ सालको बिम, मराङ्ग पहिरोको बेला जिसीले हेलिकप्टर सौजन्य गरि उद्धारमा खटिनुभएको थियो ।
त्यस्तै कोराना महामारीको बेलामा बेनी बजार लगाएतका बिभिन्न क्षेत्रमा आफ्नै उपकरण प्रयोग गरेर स्यानिटाइजर छर्किएका जिसीले पालिका तथा संघ संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेर अमुल्य सेवा पु¥याउनु भएको थियो ।

Leave a Reply