नेपाल बैंकले सञ्चालनमा ल्यायो शुभज्ञान र शहयात्री बचत योजना

0

नेपाल बैंक लिमिटेडले दसैं, तिहार र छठको अवसरमा दुई विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । विद्यार्थी र दम्पत्तीलाई लक्षित उक्त खाताहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीचको सहकार्यमा ‘शुभज्ञान बचत’ र ‘सहयात्री बचत’ खाता सञ्चालनमा आएको बैंकले जनाएको छ । विद्यार्थीलाई लक्षित ‘शुभज्ञान बचत’र दम्पत्ती लक्षित ‘सहयात्री बचत’ खाता खोल्दा विभिन्न ४ वटा वम्पर अफरहरु प्रदान गरिने भएको छ ।

शुन्य व्यालेन्समा ‘शुभज्ञान बचत खाता’ र ५०० न्यूनतम व्यालेन्समा ‘शहयात्री वचत खाता’ खोल्न सकिने भएको छ । असोज २० गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो । Nepalpress.com

Leave a Reply