घान्द्रुक जाँदै गरेको जीप बलाभिरमा दुर्घटना, आठजनाको मृत्यु

0

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा परेको छ। अन्नपूर्ण गाउँपालिकाको बलाभिर भन्ने स्थानमा बलेरो जीप दूर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ग १ ज ६९०० जीप दूर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। जीपमा सवार ६ पुरुष र २ महिलाको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन।

सोमबार दिउँसो २ : १५ बजे नयाँपुल बाट घान्द्रुकतर्फ जाँदै गरेका जीप बलाभिरमा दूर्घटनमा परेको थियो। जीपमा ९ जना सवार थिए। जीप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो।

Leave a Reply