महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

0

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको बन्दिपुरबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही ठाउँ बस्ने ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई शनिबार साँझ पक्राउ गरेको हो । घटनासम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply