गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ : केपी ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गिनिज बुकमा नाम लेख्ने धेरै काम गरेको दावी गरेका छन् । बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने दावी गरे ।

वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गर्दै ओलीले एमालेले बाहेक अरुले विकासका काम नगर्ने दावी समेत गरे । ‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । ओलीले भने, ‘दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।’source: ratopati.com

Leave a Reply