सुँगुरकाे मिर्गाैला मानिसमा ‘सफल प्रत्याराेपण’

0

काठमाण्डाै – अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई ‘सम्भावित चमत्कार’ बताउनुभएको छ ।                              यो शल्यक्रिया गएको वर्षको सेप्टेम्बर २५ मा भएको थियो । जसमा एक अनुवांशिक रूपबाट संशोधित दाता जनावर र एक ब्रेन डेड (मष्तिष्क मृत) रोगी सहभागी थिए । ती व्यक्तिका परिवारले विज्ञानको प्रयोगका लागि दुई दिनको अनुमति दिएका थिए ।                                                    बेलायतको बर्मिङ्घम विश्वविद्यालयका एक डाक्टर हाइनेक मर्जेन्टलले यो समाचार जेनोट्रान्सप्लान्टेशन क्षेत्रमा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि भएको बताउनुभएको छ । यसको पुष्टि भए यो अङ्ग प्रत्यारोपणको क्षेत्रमा एक ठूलो कदम हुने र यसले अङ्गको कमीलाई पूरा गर्न पनि मदत गर्ने उहाँले बताउनुभयो ।  Ujjalonline

Leave a Reply