सवारी चालक अनुमतिपत्र लाइसेन्सको नयाँ आवेदन आजदेखि खुला

0

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन खुला गरेको छ। यातायात व्यवस्था विभागले कोरोना भाइरस महामारीका कारण विभागले गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द आवेदन आजबाट पुनः खुला गरेको हो ।

कोरोना संक्रमण जोखिम कम भएसँगै सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

सूचना अधिकारी अब नियमित फाराम भर्न सकिने छ। आवेदन विभागको वेबसाइटबाट दिन सकिने छ।

यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो ।

Leave a Reply