‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा

0

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल टेलिभिजनमा लाइभ प्रशारण हुनेछ ।

फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक नेपाल टेलिभिजनले जनाएको छ ।‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ ।दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिनेछ । साँझ ६ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ ।

‘दोहोरी च्याम्पियन’को उपाधि जित्ने समूहले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको हो । onlinekhabar

 

Leave a Reply