फेसबुक अकाउन्ट भेरिफाई एक छोटो र सहज प्रक्रियाबाट सम्भव छैन । किनकि यो सबै प्रयोगकर्ताका लागि लक्षित होइन । विशेषगरी सार्वजनिक छवि वा व्यक्तित्व भएका प्रयोगकर्ताको फेसबुक अकाउन्ट भेरिफाई हुने गर्छ ।

फेसबुकले पेज र प्रोफाइल दुवैबाट भेरिफिकेसन गर्न सकिने सुविधा दिएको छ । फेक अकाउन्टले भरिएको सामाजिक सञ्जालमा स्न्यापच्याट, ट्वीटर, फेसबुकजस्ता कम्पनीहरूले केही अकाउन्ट वास्तविक हुन् भनेर प्रमाणित गराउनु राम्रै काम हो ।

आज हामी फेसबुक अकाउन्ट भेरिफाइड गर्ने तरिका के कस्तो छ भनेर जानकारी दिँदै छौं । यसका लागि सबैभन्दा पहिले तपाईसँग यी विवरण हुन जरूरी छ ।

  • कभर फोटो
  • प्रोफाइल फोटो
  • फेसबुक गाइडलाइन्स पालना गरेर राखिएको नाम
  • अकाउन्टमा कन्टेन्ट पोस्ट हुनुपर्ने
  • सरकारले प्रमाणित गरेको ड्राइभिङ लाइसेन्स, नागरिकताजस्ता परिचय खुलाउने कागजात
  • फेसबुक पेजको हकमा तपाईंको संस्थाको फोन वा उपयोगिता बिल, प्रमाणपत्र, लेख वा कागजातहरू

फेसबुक भेरिफिकेसनका लागि यी प्रक्रिया अपनाउनुहोस्:

  • सुरुमा तपाईंको फेसबुक अकाउन्टमा लगईन गर्नुहोस् ।
  • तपाईंको अकाउन्टको ‘Help & Support’ मा जानुहोस् ।
  • त्यसपछि ‘Help Center’ मा जानुहोस् ।
  • हेल्प सेन्टरबाट ‘Account Setting’ मा जानुहोस् ।
  • माथि देखिने सर्च बारमा “भेरिफिकेसन” (Verification) लेख्नुहोस् ।
  • अनि “How do I request a verified badge on facebook?” भन्ने अप्सनमा जानुहोस् ।
  • त्यसपछि त्यहाँ देखाइएको ‘fill out this form’ मा जानुहोस् ।

यसमा तपाईंले सबै विवरणहरु भर्न सक्नुहुन्छ:

  • Profile वा page के का लागि भेरिफाई गर्ने छान्नुहोस् ।
  • कागजातको प्रकार छानेर अपलोड गर्नुहोस् ।
  • क्याटेगोरीमा तपाईंको पेज वा प्रोफाइलको प्रवृति छान्नुहोस् ।
  • पेज वा प्रोफाइल धेरै प्रख्यात भएको देशको नाम छान्नुहोस् ।
  • अन्तिममा तपाईंको प्रोफाइल वा पेज पब्लिक फिगर हो भन्ने प्रमाणित गर्ने कुनै पाँच लेख, सामाजिक सञ्जाल अकाउन्ट वा अन्य कुनै लिंक राख्नुहोस् ।
  • यति गरिसकेपछि तल ‘सेन्ड’ (Send) बटनमा क्लिक गरेर फर्म बुझाउन सक्नुहुन्छ ।

फेसबुकले तपाईंको आवेदनलाई जाँचेर प्रमाणित गरे नगरेको कुरा नोटिफिकेसनमार्फत जानकारी दिन्छ । प्रमाणित नभएमा ३० दिनपछि पुनः आवेदन दिन सक्नुहुन्छ । Source:techpana.com

Leave a Reply