आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखा म्याग्दीले मृत्यु बीमा दावी रकम भुक्तानी दिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका बीमित म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका स्वर्गीय झकबहादुर छन्त्यालको परिवारलाई मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो ।

स्व. छन्त्यालको घरमै पुगेर उनले बीमा गरेवापत पाउनुपर्ने मृत्यु दावी बीमा भुक्तानी रकमस्वरुप नगद पाँचलाख ३१ हजार रुपैयाँको चेक दिइएको आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले जनाएको छ । उक्त रकमको चेक इन्स्योरेन्सका धौलागिरि एरिया प्रमुख कृष्ण पौडेल र एजेन्सी म्यानेजर एव बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले स्व. छन्त्यालको श्रीमती लक्ष्मी छन्त्याललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

नगद रकमको चेक हस्तान्तरण गर्दै एरिया प्रमुख पौडेल र एजेन्सी म्यानेजर बरुवालले बीमाले बचत गर्ने बानीको विकास गर्नुका साथै आर्थिक जोखिमलाई कम गर्ने हुँदा जीवन बीमाको महत्वबारे जानकारी गराएका थिए । इन्स्योरेन्सको बागलुङ शाखाका मार्केटिङ म्यानेजर सुरेन्द्र सापकोटा, पाखापानीका वडा सदस्य टेकजित छन्त्याल र स्व. झकबहादुरका आफन्त मनबहादुर बुढाथोकीले मन्तव्य राखेको कार्यक्रम बेनी शाखा म्याग्दीका प्रमुख रामजी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसअघि आईएमई लाइफ इन्स्योरेन्सले स्व.यामनाथ पौडेलको परिवारलाई पनि मृत्यु दावी बीमा भुक्तानी रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीमार्फत सावधिक, मनिव्याग, आजीवन योजना तथा सर्टटम बीमालगायत विभिन्न आकर्षक योजनाहरु रहेको जनाइएको छ । पछिल्लो समय जीवन बीमासम्बन्धी विभिन्न कम्पनीहरु आएका छन्भने बीमाप्रति आम मानिसको आकर्षण बढ्दै गैरहेको छ ।

Leave a Reply