आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिकाका ७८ वर्षीय वृद्धलाई जिल्ला प्रहरी कार्यालय प्रहरीले पक्राउ गरेको छ । बृद्धले आफ्नै नातिनीलाई शनिबार दिउँसो ४ बजे बलात्कार गरेको सूचनाको आधारमा आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । हजुरबाबाट बलात्कृत ती बालिकाका विषयमा सूचना प्राप्त भएपछि निजलाई पक्राउ गरी बालिकाको पनि उद्धार गरेको प्रहरी निरिक्षक विरेन्द्रराज गुरूङले बताए ।

‘आफ्नै घरभित्रको घटना भएकाले वडा, टोल सहित अन्य विवरण गोप्य राखेका छौ,‘घटनाको थप अनुसन्धान भइरहेको छ’ सूचना अधिकृत समेत रहेका गुरूङले बेनीअनलाइनलाई भने । उनले घटनाका बारेमा परिवारकै सदस्यले जाहेरी दिएकाले अन्य विवरण सार्वजनिक गर्दा बालिकालाई समस्या हुने बताए । आरोपीको स्वास्थ्य परीक्षण गरी जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

 

Leave a Reply