इमान्दारिताको नमुना ! अटोमा फेला परेको ६ लाख चालकद्वारा फिर्ता

0

अटो रिक्सामा यात्रुले छाडेर गएको ६ लाख रुपैयाँ चालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१४ की ठूलीमाया स्याङ्तानले ना१ह ७०४९ नम्बरको अटोमा यात्रा गर्दा उक्त रकम रहेको झोला छाडेकी थिइन् ।

अटो चालक हेटौंडा–९ का उदयसिंह मोक्तानले फेला पारेको सबै रकम प्रहरीमार्फत स्याङ्तानलाई बुझाएका हुन् ।गाउँमा जग्गा खरिद गरेकी स्याङ्तानले रजिस्ट्रेसन पास गर्न घरबाट नगदसहित अटोमा मालपोत कार्यालय जाँदा झोला छाडेकी थिइन् । ekantipur.com

Leave a Reply