पाइलटको ‘ड्यूटी आवर’ सकिएको भन्दै चौरजहारीका लागि उडेको जहाज नेपालगन्जमा अवतरण

0

पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिँदा काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को ट्विनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ। विना कुनै जानकारी उक्त नेपालगञ्जमै रोकिएपछि विमानमा सवार यात्रुहरुले जनाएका थिए।

चौरजहारीमा मौसम खराब भएको रिर्पोट आएपछि त्यहाँ पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था भएकोले जहाज नेपालगन्जमै रोकिएको एक अधिकारीले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको हुन्छ। त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्ने नियम छ।

Leave a Reply