कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

0

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।निधिले बिहीबार पत्रकार सम्मेलन गरी आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै निधिले भने, ‘लोकतन्त्र प्राप्तिका लागि विगतका सङ्घर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु ।

विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु ।’कांग्रेसमा हालसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी कल्याण गुरुङले घोषणा गरेका थिए ।

Leave a Reply