एमालेको महाधिवेशनको लागि बागलुङबाट २ हजार बढी कार्यकर्ता चितवन प्रस्थान

0

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बागलुङबाट २ हजार बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । महाधिवेशमा जिल्लाका १० पालिकाबाट ६६ वटा बस र जिप चिवतनको लागि हिडेको जिल्ला कमिटी सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

उहाँले जिल्लाबाट ३ हजार कार्यकर्ता चितवन लैजान गण्डकी प्रदेश कमिटीले आव्हान गरेपनि २ हजार बढी नेता÷कार्यकर्ता चितवन पुग्ने बताउनुभयो । सचिव भुषालले आफुसँग खबरवेसँग कुरा गर्दै बिहिबार दिउँसो ५ बजेसम्म ६६ वटा सवारीसाधनहरु चितवनको लागि हिडेको बताउनुभयो । ‘पालिका र वडा कमिटीको समन्वयमा चितवनको लागि सवारी साधनहरु हिडेका छन्,’ सचिव भुषालले भन्नुभयो–‘पाँच बजेसम्मको रिपोर्ट अनुसार जिल्लाका सवै पालिकाबाट ६६ वटा ठूला र साना सवारीसाधनहरु हिडिसकेका छन् ।’

उहाँले धेरै जसो कार्यकर्ताहरु आफ्नै निजी सवारी साधनमा समेत जाने भएकाले उहाँहरुको कति संख्यामा हुनुहुन्छ भन्ने यनिक रिपोर्ट छैन । केहि कार्यकर्ताहरु निजी जीप र मोटरसाइकलमा चितवन तर्फ हिडेका छन् ।

सचिव भुषालले बागलुङ नगरपालिकाबाट बस र जिप गरेर २२ वटा सवारीसाधनहरु चितवन हिडेको बताउनुभयो । यस्तै काठेखोला गाउँपालिकाबाट ६ वटा बस र ४ वटा जिप, जैमिनी नगरपालिकाबाट ४ वटा बस र १ वटा जिप, बरेङ गाउँपालिकाबाट १ वटा जिप, गल्कोट नगरपालिकाबाट ११ वटा जिप चितवन तर्फ प्रस्थान गरेको सचिव भुषाले बताउनुभयो।

उहाँले बडिगाड गाउँपालिकाबाट १० वटा जिप, निसीखोला गाउँपालिकाबाट १ वटा बस र १ वटा जिप, ढोरपाटन नगरपालिकाबाट ३ वटा बस, तमानखोला गाउँपालिकाबाट १ वटा जिप र ताराखोला गाउँपालिकाबाट १ वटा जिप चितवन हिडेको बताउनुभयो । सचिव भुषाले केहि व्यक्तिहरु आफ्नै निजी सवारीसाधन (जिप र मोटरसाइकल)मा आएकोले उहाँहरुले कति सवारी साधन प्रयोग गर्नुभएको छ एकिन नभएको बताउनुभयो ।एमालेको १० औं महाधिवेशन भोली मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

Leave a Reply