पूर्व फुटबल खेलाडी समेत रहेका दोरण शेरचननेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन भएका छन् । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा शिब दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन भएका छन् । अध्यक्ष शेरचन मालिका गाउँकार्यपालिका सदस्य समेत हुन् । कुनै समय म्याग्दीका लोकप्रिय फुटबल खेलाडी समेत रहेका शेरचनले जाउलाखेल फुटबल क्लवबाट समेत ब्यवसायीक फुटबल खेलेका थिए ।

प्रदेश प्रतिनिधीमा रेशम जुग्जाली, कुशल पौडेल, दोरण शेरचन, गौरी सेञ्चुरी, गोबिन सिउथानी र होमबहादुर रोका चयन भएको गाउँपालिका इञ्चार्ज कुशल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार काँग्रेस र एमालेबाट २० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यसैगरी तुलनारायण पुनको अध्यक्षतामा ५५ सदस्यीय वाइसीएलको गाउँपालिका कमिटी चयन भएको छ । अधिबेशन शुरु हुनु अघि दरबाङको खेलमैदानदेखि बाजागाजा र नाराबाजी सहित शुरु भएको ¥यालीले दरबाङ बजार परिक्रमा गरेर छ्यारछ्यारेको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । सभाहलमा सहभागी नअटाएपछि बाहिर खुल्ला ठाउँमा कार्यक्रम गरिएको थियो । ७ वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए ।

अधिबेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादीको जागरण ल्याएको बताए ।गणतन्त्र, समावेशी, संघीय ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको जनताले बुझ्न थालेको र त्यसको प्रभावकारी कार्यान्वयनमा माओवादीकै नेतृत्वको आवश्यकता महशुस भएको बताए ।

माओवादी केन्द्रबाट निर्बाचित ओखरबोटका वडा अध्यक्ष दिलिप शेरचनले माओवादीले ल्याएको संबिधान, गणतन्त्रको रक्षाका लागि माओवादीकै नेतृत्व आवश्यक पर्ने अहिलेको अवस्थाले देखिएको बताए । दोरण शेरचनको अध्यक्षता, कुशल पौडेलको सञ्चालन र गौरी सेञ्चुरीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply