बेगको बोलेरो दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, गम्भीर घाईतेलाई ल्याईदै

0

म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगगा गाउँपालिका–१ बेगखोलाको सिम जाँदै गरेको बोलेरो जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बेनीबाट सामान सहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२ ५२ नम्बरको जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको ज्यान गएको स्थानीयले बताएका छन् ।

प्रहरी नाउव उपरीक्षक श्यामकुमार राईले समेत दुई यात्रुको मृत्यु भएको पुष्टी गदैं गम्भीर घाईते सहित ६ जनालाई बेनी अस्पतालर्फ ल्याइएको जानकारी दिनुभयो । दुर्घटनामा चालक दुतबहादुर थापा सहित ८ यात्रु सवार थिए । घाईते मध्ये दुई जना गम्भीर रहेको बताइएको छ । दुर्घटनास्थलमा स्थानीयबासी सहित प्रहरीको टोली उद्धारमा खटिएको छ । जीप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

Leave a Reply